Er. Raju Shrestha
ई. राजु श्रेष्ठ सि.डि.ई.
Er. Pratibha Neupane
ई.प्रतिभा न्यौपाने ईन्जिनियर

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृध्दिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी २०७२ साल असोज ३ गतेका दिन नेपालको संविधान जारी भइ हाल कार्यान्वयनमा छ । नेपालको सविधानको धारा ५६ को उपधारा (१) बमोजिम नेपालको मूल संरचना तीन तहको हुनेछ र राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले यसै संविधान बमोजिम प्रयोग गर्नेछन् भन्ने व्यवस्था संविधानको धारा ५६ को उपधारा (२) मा स्पष्ट व्यवस्था भएको छ । सोही संवैधानिक व्यवस्था र अधिकार बमोजिम संघ तह, ७ वटा प्रदेश तह र ७५३ वटा स्थानीय तहमा राज्यको पुनःसंरचना भएको छ । राज्यको पुनःसंरचना अनुसार प्रदेश नं. ३ मा १३ वटा जिल्लाहरु र यस अन्तरगत ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका र ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिकाहरु गरी कुल ११९ वटा स्थानीय तहहरु छन् । नेपाल सरकारको मिति २०७४।१०।१० को निर्णय अनुसार यस बागमती प्रदेश (नं. ३) मा ७ वटा मन्त्रालयहरु स्थापना भइ कार्य संचालन भइरहेका छन् जस मध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय एक हो ।